भद्रपुर । झापामा एक युवकको हत्या भएको छ । कनकाई नगरपालिका- ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
स्थानीयले बुधवार बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेका थिए । शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए ।
चौधरीको अनुहारमा धारिलो हतियार प्रहार गरेकोले घटना रहस्यमय बनेको उनले बताए ।
लोकप्रिय समाचार




