Logo

लागूऔषधसहित भद्रपुर १० का दाहाल पक्राउ

देश प्रदेश समाचार २४ आश्विन २०७७, शनिबार १३:०५ मा प्रकाशित

भद्रपुर लागूऔषधसहित भद्रपुरमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका १० का १९ वर्षीय आजम दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर २ स्थित देउनियाँ पुलमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा दाहालको साथबाट लागूऔषध डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी २ सय ८५ एम्पुल बरामद भएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

नियन्त्रणमा लिएका दाहाललाई सीमा प्रहरी चौकी पृथ्बीनगरमा बुझाइएको उनले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?