भद्रपुर । भद्रपुर नगरपालिका ३ महेशपुर नाकाबाट पटाकासहित एक जना अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ४ बस्ने ४२ वर्षीय ढाक्रे राजवंशी रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार बेलुका ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो ।
अटो भित्र लुकाई छिपाई राखिएको अवस्थामा ५८ बन्डल खुर्सानी पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटाकाका मूल्य एक लाख बढी हो । पटाका र अटोसहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको छ ।

लोकप्रिय समाचार




