सुनसरी। सुनसरीको इटहरी ५ स्थित राजमार्गबाट दुई जना आतिसबाजी (पटाका) सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ वर्षीय आलम मिया र सोही स्थानका २७ वर्षीय समीर मिया रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राजमार्ग किनारमा पटाका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाइका लागी मौका छोपी बसिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रण सँगै बोरा तथा कार्टुन खोलेर हेर्दा ६७ बन्डल पटाका फेला परेको हो । पटाका सहित पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लोकप्रिय समाचार




