Logo

सशस्त्र प्रहरीद्धारा टेम्पो सहित सामान बरामद

देश प्रदेश समाचार २२ आश्विन २०७७, बिहीबार १८:२२ मा प्रकाशित

विराटनगर तस्करीमा संलग्न टेम्पोसहित सशस्त्र प्रहरीले चार लाख रुपैयाँ भन्दा बढीको सामान बरामद गरेको छ । भारतदेखि चोरी तस्करी गरि ल्याएको अवैध लत्ताकपडाको सामग्री विराटनगर १८ आइपि जाने बाटोबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीका इन्सपेक्टर मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले बिहीबार बिहान बरामद गरेको हो ।
लत्ता कपडा र खाद्य सामग्री बोकेको अटो पनि प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरीले टप्स सेट ४४ पिस, कुर्ता सुरुवाल १२, सर्ट १४, बच्चाको जामा २३, पेन्ट १२, बेवी सेट १४ र टप्स ७३ पिस बरामद गरेको पोखरेलले जनाए । बरामद गरिएको अटो र सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?