झापा । जन्मोत्सवको अवसर पारेर झापाका एक पत्रकारले झापा नाटक घर निर्माणका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका छन् ।
क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि पत्रकार एकराज गिरीले रकम प्रदान गरेका हुन् । गिरीले झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराई, क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
एक व्यक्ति एक इँटा समर्पण अभियानबाट हालसम्म २० लाख रुपैयाँ भन्दा वढी संकलन भएको रकमबाट आवश्यक जमिन खरिद गरिने संस्थाले जनाएको छ ।
दुई करोड ५० लाख रुपैयाँको लागतमा एक वर्ष अगाडि निर्माण शुरु गरिएको झापा नाटक घर निर्माण ४० प्रतिशत कार्य सकिएको सचिव माधब कल्पितले जनाए ।




