Logo

कामाटोलीबाट ब्राउन सुगरसहित दुइ पक्राउ

देश प्रदेश समाचार १८ आश्विन २०७७, आईतवार १२:३८ मा प्रकाशित

भद्रपुर लागूऔषध ब्राउन सुगरसहित झापा गाउँपालिकाबाट सशस्त्र प्रहरीले दुईजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका—३ बस्ने २६ वर्षिय दिनेश ठाकुर र १९ वर्षिय अमर राजबंशी रहेका छन् ।

सशस्त्र प्रहरी बल टाघनडुब्बा बिओपीका इन्सपेक्टर सचिन प्रधानको कमाण्डको टोलीले हिजो साँझ ७ बजे बिशेष सुराकीको आधारमा उनीहरुलाई कामाटोली बजारमा रहेको एक होटलबाट पक्राउ गरेको सशस्त्र प्रहरी गण नम्बर २ का एसपी रमेश कुमार पाण्डेले बताए ।

उनीहरुलाई चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको २८.८६ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको उनले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?