दमक । झापा दमक नगरपालिका ३ बेलडाँगी स्थित दमक रबि सडक खण्डको बेलडाँगी चोकमा ईलाम माङ्गसेबुङ्ग गाउँपालिका ६ का ४५ बर्षिय बिर बहादुर राईलाइ नियन्त्रणमा लिएको छ ।
राईले शंकास्पद रुपमा झोलामा केही सामान बोकी दमक तर्फ आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी सुरक्षा बेस बेलडाँगीबाट खटिएको गस्ती टोलिले चेकजाँच गर्दा लागूऔषध गाँजा फेला पारेको गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले बताए ।

उनको झोलाबाट अन्दाजी ६ किलो गाँजा, ,नगद बाह्र हजार साठी रुपैयाँ र २ थान सामसुङ मोवाईल बरामद गरिएको उनले जानकारी दिए ।
राईलाइ आवश्यक कारबाही लागी प्रहरी चौकी बाघखोरमा बुझाइएको उनले जनाए ।
लोकप्रिय समाचार




