Logo

नेपाली काँग्रेसले दियो ज्ञापन पत्र

देश प्रदेश समाचार ४ आश्विन २०७७, आईतवार २०:३४ मा प्रकाशित

भद्रपुर ४ असोज ।

सर्वसाधाराण जनताले प्रत्यक्ष सरोकार राख्ने वार्डका समसामयीक विकास निर्माणका कार्यहरुलाई तत्काल पुर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर १० न. वार्ड समितिले वार्ड अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।

वार्ड समिति सभापति शालिकग्राम नेपाल , नेपाली कांग्रेस पुर्व झापा जिल्ला सदस्य देवेन्द्र गौतम लगाएतको टोलीले आईतवार वार्ड कार्यलयको कार्यकक्षमा पुगी अध्यक्ष टेक बहादुर खड्का काजीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा हात्तिको आक्रमण नियान्त्रणका लागी पहल गर्दै पीडितलाई तत्काल क्षेतीपुर्तीको व्यावस्थापन गर्नु पर्ने ,सडकबत्तिको मर्मत संभार , ,खानेपानी विस्तार ,सडक ग्राभेल , लगाएतका विभिन्न १० वटा बुंदाहरुलाई तत्काल पुर्णता दिन माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष खड्काले आफुले जुनसुकै विकास निर्माणको कार्यमा पनि कसैललाई भेदभाव नगरेको उल्लेख गर्दै वार्डका समस्याहरु समाधान गर्नकालागी भद्रपुर नगरपालिकाको सहयोगमा आफु र आफनो वार्ड कार्यलय प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।

उहांले हात्ति आक्रमण नियान्त्रणका लागि सहयोग पुर्याउने उदेश्यले वार्ड भित्रका ११ सय ९ वटै पोलहरुमा सडक बत्ति जडान गरेर सडक बत्तिलाई पुर्णता दिने समेत उल्लेख गर्नु भयो ।

सहभागि खानेपानी उपभोत्ता तथा रसफाई समिति चन्द्रगढीका अध्यक्ष पुरुषोत्तम अधिकारीले नवनिर्मित खानेपानी टंकीलाइ अहिले सम्म नेपाल सरकारले उपभोत्ता समितिलाई स्वामित्व हस्तान्तरण नगर्दा पुरानै टंकीबाट उपभोत्ताहरुलाई आफुहरुले खानेपानी उपलब्ध गराउन बाध्य भएको बताउदै खानेपानी वितरणमा कसैलाई आग्रहपुर्वाग्रहले नहेरिएको स्पष्ठ पार्नु भयो ।

उहांले आफनो कार्यकाल रहुन्जेल खानेपानीमा कुनै राजनिति नगर्ने र कसैलाई पनि गर्न नदिने बताउदै सबै उपभोत्ताहरुलाई समान रुपमा खाने पानी पुर्याउने प्रतिबद्धता समेत जनाउनु भयो ।

अध्यक्ष अधिकारीले नवनिर्मत टंकीलाई पुनः मर्मत संभार गर्दै आगामी दशैं अगाडी नै उत्त टंकीको पानी वितरण गर्ने योजनामा समिति रहेको समेत जानकारी गराउनु भयो ।

कार्यलयमा समिति उापाध्यक्ष रेखा अधिकारी कोषाध्यक्ष जगदिस जोशी लगाएतका खानेपानी उपभोत्ता समिति पदाद्धिकारीहरु लगाएतको समेत सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?